मतदाता नामावलीमा नाम दर्ता गराउने आज अन्तिम दिन

Monday, December 15th, 2025 | | देशराजनीति

काठमाडौँ । आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने आज (मंसिर ५ गते) अन्तिम दिन हो। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा आज कार्यालय समयसम्म मात्र नाम दर्ता गर्न सकिनेछ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले सुरुमा कात्तिक ३० गतेसम्मको समय तोकेमा पछि ५ दिन थपेर मंसिर ५ पुर्‍याएको थियो। त्यो थपिएको समय पनि आजबाट सकिने भएको हो।

थप अरु