काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको आचारसंहित उल्लघंन गरेको आरोप लागेका २१ जनाले स्पष्टीकरण बुझाएका छैनन्।
निर्वाचन आचारसंहित लागू भएपछि निर्वाचन आयोगले अहिलेसम्म ५१ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये ३० जनाले मात्रै स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ।