नेप्से १५ अंकले घट्यो

Monday, February 26th, 2018 | | अर्थ ⁄ वाणिज्य

राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएकै दिन सेयर बजार परिसुचक नेप्से १५ अंकले घटेको छ।

बजार १३५८ अंकमा कायम हुँदा १ सय ५१ कम्पनीको ५५ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यो कारोबार अघिल्लो दिनको तुलनामा २६ करोडले बढि हो तर सबै उपसुचकहरु भने घटेका छन्।

बैंकिङ ९, ब्यापार २, होटल ५७, बिकास बैंक ५७, जलविधुत २९, फाइनान्स ६, विमा १२२, उत्पादन ३२, अन्य ८ र माइक्रोफाइनान्स ३० अंकले घटेका छन्।

नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको १० करोड ५६ लाख बराबरको शेयर कारोबार गरेर धेरै कारोबार हुने कम्पनी रहन सफल रह्यो।

५ करोड ९० लाख कारोबार गरेको प्रभु बैंक पनि कारोबारको आधारमा अगाडी रह्यो।

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ४ प्रतिशत कमाए। बढि कमाउनेमा सुर्योदय लघुवित्त वित्तिय संस्था पनि अगाडी रह्यो।

राष्ट्रिय बिमा कम्पनी पर्मोटर शेयरका लगानीकर्ताले सबै भन्दा धेरै ८ प्रतिशत गुमाए। त्यस्तै स्वरोजगार लघुवित्तिय बिकासका लगानीकर्ताले ७ प्रतिशत गुमाएर गुमाउनेमा अग्रस्थानमा रहे।

थप अरु