सेयर बजार : एक अर्बले घट्यो कारोबार, चार कम्पनीमा सकारात्मक सर्किट

Wednesday, February 4th, 2026 | | अर्थ ⁄ वाणिज्य

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (माघ २१) गते सेयर बजार झिनो अंकले घटेको छ ।

हिजो दोहोरो अंक (१२.५८)ले घटेको बजार यस दिन १.६४ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २६८१.५० विन्दुमा बन्द भयो ।

कारोबार रकमका आधारमा भने आज एक अर्ब १३ करोड रुपैयाँले घटेको छ । अघिल्लो दिन आठ अर्ब ६३ कराड रुपैयाँको कारोबार भएकामा यस दिन सात अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३२६ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १३४ को घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर छ ।

आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको अर्थात् १० प्रतिशतले बढेको छ ।

थप अरु