निखिल र सौगातको ‘संरक्षण’ तराइमा रिलिज हुने

Tuesday, February 20th, 2018 | | मनोरञ्जन

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एकसाथ अभिनय गरेको चलचित्र ‘संरक्षण’ तराइमा रिलिज हुने भएको छ ।

केही पहिले रिलिजमा आएको यो चलचित्र बाढी पहिरोका कारण तराई क्षेत्रमा रिलिज हुन सकेको थिएन ।

तराइको जन जीवन सामान्य बन्दै गएकोले अहिले चलचित्र रिलिज गर्न लागिएको निर्माता प्रदीप उदयले बताए । उदयका अनुसार चलचित्र तराईको अधिकांश जिल्लामा आगामी १७ गतेदेखि रिलिज हुनेछ ।

चलचित्रमा निखिल उप्रेति, सौगात मल्लको अलवा मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, निर शाह, रमेश रञ्जन झाको समेत अभिनय रहेको छ ।

राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ उठाएको यो चलचित्र पुणेन्द्र झाले निर्देशन गरेका हुन् । चलचित्रलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् ।

चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।

थप अरु