पोखराबाट ‘हुर्रे’ को प्रोमशनल यात्रा

Friday, February 16th, 2018 | | मनोरञ्जन

पछिल्लो समय चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार–प्रसारका लागि प्रमोशनल यात्रा गर्ने गरेका छन् । यस्तै यात्रामा अहिले चलचत्र ‘हुर्रे’ पनि निस्किएको छ । याम थापाको लेखन तथा निर्देशन रहेको ‘हुर्रे’ले आफ्नो प्रमोशनल यात्रा पोखराबाट थालेको छ ।

बिहिबार पोखरामा एक कार्यक्रमको आयोजनासहित निर्माण युनिटले चलचित्र आफ्नो प्रमोसन यात्रा जारी भएको जानकारी दिएको हो । यो यात्रामा चलचित्रका मुख्य कलाकार केकी अधिकारी,अनुपबिक्रम शाही, राजाराम पौडेल लगायत सहभागी रहेका छन् ।

यात्राका क्रममा चलचित्रको गीतमा बिभिन्न सांगीतिक कार्यक्रमका अलवा चलचित्रको विविध पक्षबारे जानकारी दिइने निर्देशक यम थापाले बताए । ‘हुर्रे’ यही फाल्गुन २५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र हो । यख ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रमा केकीले प्रेमको मोह जालमा केटा फसाउने भूमिका निर्वाह गरेकी छन् ।

कार्यक्रममा केकीले पोखरा नेपाली चलचित्र उध्योगको लागि दोश्रो ठूलो घर रहेको बताउदै ‘हुर्रे’ मा आफ्नो राम्रो अभिनय रहेको बताइन् । चलचित्रका अर्का कलाकार राजाराम पौडेलले ‘हुर्रे’ले आफुलाई फेरि १६ वर्षमा फर्काएको बताए । ‘हुर्रे’मा केकी, अनुपविक्रम, राजारामका अलवा अंकित खड्का, विजय बराल, संगिता नापित लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रमा दावा श्रेर्पा, सोनम लामा र शेयरिङ्ग डोर्जी लामाको लगानी छ ।

थप अरु