जि.पि.पौडेल । केहि दिनदेखि एन्टिबाईटिकले धानेकोे शरिर त्यै माथी तनाव, न खाना खाना मन लाग्छ नत पढ्न, नत दैनिक गुजार्ने काम गर्न । अव त अहिले सम्मका सबै सपनाहरु तुहाउनु छ गर्भमै ताकी अब ति सपनाहरु मनको भित्तामा झुण्डिएर फेरी आत्महत्या गर्न नपरोस । केहि दिनदेखि खासै कसैको सम्पर्कमा पनि थिईन र कोठा बाहिर पनि निस्किएको छैन । यती लेखिरहँने प्रयास गर्दा सुरुवाती चरणको लाई प्राथमिकता दिन मन लागेन र अन्त्य पनि भईसकेको छैन , अन्त्य त त्यस बेला होला जहाँ यो प्राणलाई अस्ताइदिन केहि दिन देखि प्रयास गरिरहेको थिए त्यो पनि सम्भव देखिएन आज सम्म ।
हुनत घाम उदाएपछि अवश्य अस्ताउँछ, र भोली पल्ट उदाउँछ त नयाँ किरण लिएर तर म त्यो घाम पनि बन्न सक्दिन अवका दिनमा घाइते भईसकेकोले के उज्यालो किरणको आशा गर्नु र त्यसैले अस्ताउनु नै छ छिट्टै अव फेरि नउदाउने गरी । मैले अहिले सम्म बनाएका सम्बन्ध र परिवारलाई कहिल्यै सम्झिन केवल सम्झे त त्यै केहि दिनमा परिचित व्यक्ति । उसकै लागी अहिले सम्मको जीन्दगी र सबै सपनाहरु त्याग्छु !
मैले ति आडैमा रहेका साना अवोध बालबालिकाको अनुहारमा हेँरे, निकै खुसी देखिरहेको थिँए संगै खाजा खाउँ भन्दा । अनि हवस दिदी भनिदिएँ ।
सिरानी नजिकै रहेको मोवाईलमा घण्टी बज्यो ! मोवाईल अन नै रहेछ, हेरँे । पहिलो घण्टीको वास्तै गरीन, एकछिन पछि फेरी घण्टी बज्यो, यसो हेरेँ अनि मोबाईल घोप्टाएर राखिँदिए । तेश्रो चोटी फोन बजेपछि उठाएँ ।
हेलो !
उताबाट आवाज आयो, ‘सर नमस्ते, कता हुनुहुन्छ, तपाई छिटो यहाँ अफिस आउन पर्यो, तपाईलाई भेट्न त्यो अस्तिको नानीको घर तिरको मानिस आउनुभाको छ ।’
मैले ‘हवस ल म आउँछु एकछिनमा’ भनेर फोन काटिदिएँ ।
फोन बालगृहबाट आएको थियो, सोचे जाउँ कि नजाऔ, भेटौँ कि नभेटौ । अनि शिथिल मस्तिष्क संग गुनासो गरेँ । म आफैँ अस्ताउन लागेको मान्छे किन जानु, जाँदिन ! अनि फेरी केहि दिन अघिको त्यो नानीको खुसी सम्झिए, रात परेको समयमा नी मसंग भेट्दा कति खुसी थियो उसको मुहार, उसको खुसीको भए पनि जानु पर्छ । उठेँ र पाईन्ट, टि–सर्ट (उहि रातो कलरको) लगाँए । मुख धोएँ, घडि हेरेको दिउँसोको २ बजेर केहि मिनेट पार भईसकेको थियो ।
“स्त्रीले बिगारेको लोग्ने मान्छेलाई मिस्त्रीले नी बनाउन सक्दैन” लाग्यो हो रैछ पनि, जीवनमा धेरै कठिनाई र यात्राहरु भोगीयो । कति त अरुको खुसीको लागी पनि आफ्नो ओठमा मुस्कान ल्याउने प्रयास पनि नगरेको हैन, अरुको अगाडी फिस्स हाँस्दै ।
टेवलमा रहेको स्कुटरको साँचो टिपेँ, बाहिर सम्म जान सक्ने अवस्था पनि थिएन, ३ दिन भईसकेको थियो खाना नखाएको, पानी शिवाय । जुत्ता लगाँए अनि स्कुटर लिएर त्यो अवोध नानी बसेको बालगृह भएको ठाँउ तिर लागे , सकी नसकी । भित्रि बाटो भएपनि स्कुटरमा ३ किलोमिटरको यात्रा सायद जीवनमा एकदमै गाह्रो लागिरहेको थियो । बालगृहमा पुग्दा सबैको ओठमा हाँसो नै थियो तर बाहिरी ओठको हाँसो , उनिहरु प्नि सम्झनामा डुबे भने कति पिडा हुन्थयो होला त्यो सोच्नै सकिन, उनिहरु संग म पनि फिस्स हाँसे ।
भेटघाट सकाएर १४–१५ जना बालबालिका र केहि सरहरु संग आफ्नो फोटो खिचाँए । सोँचे मेरो यहि नै अन्तिम फोटो हुनेछ यस गृहमा । सबै संग बसेर खाजा खाने भनेर एकजना दिदीले भन्नुभो , म त खाँदिन ल दिदी भर्खर खाना खाएर आएको ।
‘संगै बसेर खाउँ न , यसबेला भैसक्यो, सबै भेट भएको बेला बसेर खादाँ छुट््टै आनन्द हुन्छ नि सर’ ।
मैले ति आडैमा रहेका साना अवोध बालबालिकाको अनुहारमा हेँरे, निकै खुसी देखिरहेको थिँए संगै खाजा खाउँ भन्दा । अनि हवस दिदी भनिदिएँ ।
मन नभए पनि खाजा खाए, अनि सोचेँ अब अफिस पुग्छु । खल्तिबाट मोबाईल झिकेँ, स्किनमा केहि समय नजिक भएकै मान्छेको फोटो थियो, उसको अनुहार मोबाईलमै हेरेँ, अनि मोबाईल स्विच अफ गरिदिँए । आजबाट १० बर्षको देखिको संचारकर्म पनि सायद अन्त्य हुनेछ । अफिस पुग्दा ४ बजिसकेको थियो । मेरो न्युज डेस्कले पनि मेरो पर्खाई आज सम्मलाई गरेको छ जस्तो लाग्यो । म बस्ने गरेको चियर मा बसेँ । कम्प्युटर खोलें । हात केहि काम गर्नलाई चलेन । ब्राउजरमा फेसबुक खुलिरहेको थियो, आफ्नै कुरुप अनुहारको ।
***
लामो सास फेरेँ । टाउकोमा हात लगाँए । मस्तिष्क बोलिरहेको थियो मन संग । खुसी बनाउनु थियो उसलाई, तर ढिला भईसकेछ । संचारक्षेत्रमा केहि गर्छु भनेर लागीपरेको मान्छे पासपोर्ट र सर्टिफिकेट बोकेर उसलाई भेटेपछिका १० दिन हरेक नाम चलेका कन्सल्टेन्सी नपुगेको पनि कहाँ हो र । राम्रो देशमा जाने अनि उतै बस्ने सोच बनाईहेको थिँए । उसलाई भेट्नुभन्दा अगाडी नेपालमै केहि गर्छु भन्ने सोचलाई कुल्चिएर बसेको थिंए । परिवारमा उसको र मेरो सम्बन्धको बारेमा पनि जानकार नै थियो । केहि महिनामै संगै भएर बिदेश जाने नै योजनामा म हिडिँरहेको थिएँ । २ महिना थियो एउटा राम्रै देशको भिसा आउनलाई, उसंग भेट र कुराकानी हुनुभन्दा पहिले नै अप्लाई गरेको थिएँ मैले । त्यसको पनि केहि आशा थियो नभए २ जना नै भएर चिन तिर अध्ययनकै लागी जाने भनेर अलि बढि निर्णयमा पुगेको थिएँ ।
यत्तीकैमा आँखा कम्प्युटरमा पुग्यो, बाहिर भएको पासवर्ड हटाईदिए, ताकि भोलीबाट अरुलाई पनि खोल्न सजिलो होस । भित्र भएका आफ्ना फाईलहरु र केहि थान फोटोहरु लाई कहिल्यै नफर्किने गरी सिफ्ट डिलीट गरिदिएँ । सोचेँ अव म कता के गरुँ ? ढिला भईसकेको थियो, बेलुकामा ट्रिपरहरु बाटोमा हिड्ने समय भईसकेको थियो । आज स्कुटरलाई ट्रिपर संग जुधाँउछु, अनि मेरो आत्महत्या हैन सडक दुर्घटनामा मृत्यु हुनेछ । परिवार र साथीहरुलाई पनि दुर्घटनामा मरेको खवर छिट्टै पुग्नेछ । बिस्तारै परिवारले पनि भुल्नेछ जव मेरो फोटो भएको मोवाईलको मेमोरी फरर््म्याट एक दिन पक्कै हुनेछ ।
यत्तिकैमा खुलिरहेको म्यासेन्जरमा म्यासेज आयो, ‘दाई तपाई कता हो ? अफिसमा भए संगै घर जाँउ ल आज मेरो पनि अफिसमा ढिला भयो ।’
पल्लो कोठाको भाई सुशिल ले मेरो अफिस नजिकै काम गर्छ, सोचेँ, यो म्यासेजको रिप्लाइ दिउँ कि नदिउँ । उ संग संगै घर जाउँ कि नजाउँ ? फेरी त्यै भाईले म्यासेन्जर कल गर्यो । म्यासेन्जरको हरियो बटनलाई माउसले थिच्यो, ‘हजुर सुशिल भाई’ म बोले । ‘दाई म तपाईको अफिस नजिकै छु तपाई कता ?’ उसले भन्यो । ‘म पनि यतै अफिसमै हो भाइ’, उत्तर दिए मैले । ‘संगै घर जाउ ल दाई, म ३ मिनेटमा तपाईको अफिसमा आउँछु, आज अलि ढिला भो तपाई संगै जाउँ भनेर कल गरेको’ । मन नलागेर भएपनि ल आउ भनिदिएँ । अव उ संगै हुनेभएपछि स्कुटरलाई ट्रिपर कसरी नजिक पुर्याउनु ? त्यो भाई मसंग भेट्दा र गफ गर्दा कति खुसी हुन्छ उसको खुसीलाई कसरी लुट्न सक्छु र मैले सधैँभरको लागी ?
***
आँखा फेसबुक तिर नै गयो, सुरुमै आगामी केहि दिनमा प्रदर्शनमा आउने चलचित्रको प्रोमो फेसबुकमा देखियो, खोलेँ । त्यहाँ बोलिएको एउटा डाईलग मेरो कानबाट सिधै मस्तिष्क र मनसम्म गुञ्जियो “स्त्रीले बिगारेको लोग्ने मान्छेलाई मिस्त्रीले नी बनाउन सक्दैन” लाग्यो हो रैछ पनि, जीवनमा धेरै कठिनाई र यात्राहरु भोगीयो । कति त अरुको खुसीको लागी पनि आफ्नो ओठमा मुस्कान ल्याउने प्रयास पनि नगरेको हैन, अरुको अगाडी फिस्स हाँस्दै । जीवनले २५ वटा हेमन्त ऋतु पनि पार गरिसकेको छ । कसैको मेरो अबोध कारणले अन्जान आशु झार्ने प्रयास गरिरहेको भए थाहा पाईन तर जानाजान कसैको खुसीमा ठक्कर दिएर छचल्कीएर तप्प–तप्प पवित्र आँशु खसेको सुनेको र देखेको चाँही छैन ।
ढिला भईसकेको थियो, बेलुकामा ट्रिपरहरु बाटोमा हिड्ने समय भईसकेको थियो । आज स्कुटरलाई ट्रिपर संग जुधाँउछु, अनि मेरो आत्महत्या हैन सडक दुर्घटनामा मृत्यु हुनेछ । परिवार र साथीहरुलाई पनि दुर्घटनामा मरेको खवर छिट्टै पुग्नेछ । बिस्तारै परिवारले पनि भुल्नेछ जव मेरो फोटो भएको मोवाईलको मेमोरी फरर््म्याट एक दिन पक्कै हुनेछ ।
त्यै हेरिरहेको प्रोमोमा अर्को पनि डाईलग थियो “एउटा बि.पि.लाई सुन्दरीजलले सिंहदरबार पुर्यायो अर्को बि.पि.लाई सुन्दरीजलले खाटमा सुतायो” । सुन्दरी वा स्त्री जव एक पुरुषको जीवनमा प्रवेश गर्छन नी त्यसपछि सोच विचार र परिकल्पना पुरै सिक्का पल्टे जस्तो उल्टो भईदिन्छ । यहाँ मेरो सपना त कहिल्यै पनि सिंहदरबार पुग्ने पक्कै हैन तर एउटा आफ्नै दरबार बनाउने थियो बनाउने थियो खुसीका साथ जीन्दगीभर ।
***
एक पात्र केहि दिनमै नजिक भईदियो, अनायसै ! अनि बिनाकारण टाढा पनि । कहिल्यै झगडा हुने शब्द बोलेको छैन , अनि अर्को मेरो बानि म कसै संग झगडा नै हुने अवस्था आए नबोलीकन सुन्ने मात्र बानी छ, २ वटा कानले । सावधान ! कोमल मन,आशामा बसेर प्रेम गर्नेहरुले कहिल्यै पनि चोखो प्रेमको सुरुवात कहिल्यै नगर्नु ।
जीन्दगीको बाँकी पल अर्को अंकमा……!