उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न मानेन

Wednesday, February 21st, 2018 | | अन्तराष्ट्रिय

उत्तर कोरियाली अधिकारी र अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच एक साताअघि शीतकालिन ओलम्पिकको उद्घाटनका बेला हुने भनिएको वार्ता स्थागित भएको छ ।
दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिकमा सहभागिता जनाउन आएका अमेरिकी उपराष्ट्रपति पेन्स र उत्तरी कोरियाली शासक किमजोङ युङकी बहिनी किम यो जोङ सँग हुने भनिएको द्विपक्षिय वार्ता उत्तर कोरियाले स्थगित गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।
अमेरिकाको गृह मन्त्रालयका प्रवक्ता हेदर नेउरेटले एक विज्ञाप्ति जारी गरेर उत्तर कोरियाले अन्तिम समयमा आएर वार्ता अगाडि बढाउने नसकिने निष्कर्श निकालेको बताइन्। विज्ञाप्तिमा पेन्ससँगको भेटवार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गर्न केही मद्दत पुग्ने दाबी गरिएको छ।

ट्रम्प प्रशासन र उत्तरी कोरियाली अधिकारीबीच हुने उक्त वार्ता ‘ऐतिहासिक’ हुने अपेक्षा गरिएको थियो। अन्तिम समयमा आएर उत्तर कोरियाले वार्ता गर्ने नचाहेको बीबीसीले उल्लेख गरेको छ।

दक्षिण कोरियाको ओलम्पिकमा उत्तरको सहभागिताले कोरियाली प्रायद्विपमा दुईदेशबीच सम्बन्ध सुधार गर्ने मद्दत पुग्ने बताइएको छ। सम्बन्ध सुधारका लागि दक्षिणी कोरियाका राष्ट्रपति मुन जेइनले उत्तर कोरियाले आफ्नो देश भ्रमण गर्न दिएको निमन्त्रणा स्वीकार गर्ने मनस्थितीमा रहेको बताएका छन्।
दुई देशका राष्ट्रप्रमुख बीच भेटवार्ता भए सो दशकयताकै पहिलो हुनेछ।

थप अरु