फेसबुक पोस्टमा अर्को फिचर

Tuesday, February 20th, 2018 | | सूचना/प्रबिधि

फेसबुकमा स्ट्याटस लेख्नका लागि एउटा नयाँ फिचर आउँदैछ । यसमा प्रयोगकर्ताले एक सूचीसहितको स्ट्याटस लेख्न सक्नेछन् । जस्तै : गर्न मन लागेका कामको सूची, घुम्न मन लागेका ठाउँको सूची आदि । यो फिचर चाँडै नै सुरु हुँदैछ । तर, जानकारीमा आए अनुसार यस्तो फिचर फेसबुकको मोबाइल एपमा मात्रै हुनेछ । वेब ब्राउजरबाट फेसबुक खोलिएको खण्डमा यस प्रकारको फिचर उपलब्ध हुने छैन ।
मोबाइल एपमा पनि यो फिचर हाललाई एन्ड्रोइडका लागि मात्रै उपलब्ध हुनेछ । आईओएस प्रयोगकर्ताले भने यो फिचर प्रयोग गर्न केही समय कुर्नु पर्नेछ । तर, एन्ड्रोइडबाट पोस्ट भएका सूचीसहितका यस्ता स्ट्याटस भने आईओएस प्रयोगकर्ताले देख्न सक्नेछन् ।
यो प्रयोग गर्न प्रयोगकर्ताले पहिला स्ट्याटस अपडेटमा जानुपर्छ, जहाँ एड टू अ पोस्ट भन्ने विकल्प देखिन्छ । यहीँबाट यस्ता सूचीसहितका स्ट्याटस अपडेट गर्न सकिन्छ । केही कामका लागि अरुको सल्लाह माग्नका लागि पनि यस्ता सूची बनाउन सकिन्छ । यसका लागि आस्क फर रिकमेन्डेसनमा जानुपर्छ ।

यो फिचर यसकारण पनि रमाइलो छ कि यसको पृष्ठभूमिमा विभिन्न रङको प्रयोगले आकर्षक बनाउन पनि सकिन्छ । यो फिचर सुरु गर्नुको मुख्य उद्देश्य फेसबुकमा व्यापारिक संस्थानका समाचार वा लिंकभन्दा प्रयोगकर्ताका व्यक्तिगत विचारलाई बढावा दिनु रहेको बताइएको छ ।

थप अरु