सामसङको ग्यालेक्सी ए ८ प्लस बजारमा, मूल्य ६० हजार

Friday, February 2nd, 2018 | | सूचना/प्रबिधि

सामसङ नेपालले ए८ मोडलको फोन बजारमा ल्याएको छ।

सार्वजनिक गरिएको फोनमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता छ।

६ इन्चको सुपर एमोलेड इनिफनिटी डिस्प्लेमा उपलब्ध फोनको अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ। १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमा तथा गेमिङका लागि सहज हुने कम्पनीको भनाई छ।

फोनमा अपेचर १.९ लेन्स भएका १६ तथा ८ मेगापिक्सलका दुई वटा सेल्फी क्यामरा रहेका छन्। यसले व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिन्छ।

फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी ६८ बाट प्रमाणित रहेको कम्पनीको दावी छ। यो धुलो तथा पानी प्रतिरोधी छ। सामसङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ।

यो कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ। यसको प्रबर्धनात्मक मूल्य ५९ हजार ९९० रुपैयाँ तोकिएको छ।

Samsung Galaxy A8+ Specifications
Processor 2.2GHz,1.6GHzOcta-Core Processor
Display 6.0” Infinity FHD Super AMOLED
Camera Rear: 16MP f1.7Front: Dual 16/8MP f1.9
Video FHD (1920 x 1080)@30fps
Connectivity Wi-Fi: 802.11 a/b/g/n/ac 2.4G+5GHz, VHT80
Bluetooth v5.0 (LE up to 2 Mbps)
NFC (LTE version only)
GPS,Glonass,
Sensor Accelerometer,Barometer,FingerprintSensor,Gyro Sensor,Geomagnetic Sensor,Hall Sensor,RGB Light Sensor,Proximity Sensor
Memory 64GB  Internal memory + micro SD slot (up to 256GB)6GB RAM
Dimension 159.9 x 75.7 x 8.3 mm Weight : 191g
Battery 3,500 mAh

थप अरु