‘ट्रम्पको दावी गलत, ओमाबा र बुशको भाषण धेरैले सुने’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले संसदमा दिएको मन्तव्य इतिहासमै सबैभन्दा बढी व्यक्तिले टेलिभिजनमार्फत् सुनेको दावी गरेका छन् । तर गत वर्ष रेटिङ्स डाटाले ट्रम्पको यस दावीलाई पूर्णरुपमा गलत ठहर गरेको थियो ।
ट्रम्पले हालसम्म सबैभन्दा बढी ४ करोड ५६ लाख मानिसले टेलिभिजनमार्फत् आफूले स्टेट अफ द युनियनमा दिएको मन्तव्य सुनेको दावी गरेका थिए । तर अमेरिकाको टेलिभिजन रेटिङ्ग सम्बन्धी तथ्यांक राख्ने कम्पनी निलसनले त्यो दावीलाई गलत भनेको छ ।

निलसनका अनुसार ट्रम्पको मन्तव्य भन्दा धेरै पूर्वराष्ट्रपति बराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लु बुशको मन्तव्य व्यक्तिहरुले टेलिभिजनमा सुनेका छन् ।

यद्यपि ट्रम्पको मन्तव्य सामाजिक सञ्जाल ट्वीटरमा पनि सुनिएको थियो । ट्वीटरका अनुसार ट्रम्पको मन्तव्यको बारेमा ४५ लाख ट्वीट भएको थियो जुन आफैमा रेकर्ड हो ।

ट्रम्पले आफ्नो मन्तव्यको बारेमा सामाजिक सञ्जालमा लेखेका थिए, ‘स्टेट अफ द युनियनको मन्तव्यबारे आफ्नो बिचार राख्ने र विश्लेषण गरेकामा धन्यवाद । यो मन्तव्य ४.५६ करोड व्यक्तिले हेरे जो इतिहासकै सबैभन्दा बढी हो । पहिलो पटक फक्स न्यूजको सबै च्यानलमार्फत् सबैभन्दा धेरी हेरियो, १.१७ करोड व्यक्तिले यस च्यानलमा मेरो मन्तव्य हेरे । मनको कुरा मनसम्म पुग्यो ।’

तर निलसनबाट प्राप्त तथ्यांकलाई हेर्ने हो भने २०१० मा बराक ओबामाको मन्तव्यलाई ४.८ करोड व्यक्तिले हेरेका थिए । जबकी १९९३ मा बिल क्लिन्टको मन्तव्यलाई ६.६९ करोड व्यक्तिले हेरेका थिए । यो आफैमा एक नयाँ रेकर्ड थियो ।

सन् २००३ मा इराक युद्धको केही सप्ताहअघि जर्ज डब्लु बुशले जुन मन्तव्य दिए त्यसलाई ६.२१ करोड व्यक्तिले हेरेका थिए ।

निलसन कम्पनीले यो कुराको पुष्टि गरेको छ कि ट्रम्पको मन्तव्य हेर्नेहरुमध्ये एक चौथाई अर्थात १.१५ करोड व्यक्तिले फक्स न्यूजमा हेरे ।

निलसनको यो सर्वेक्षण १२ टेलिभिजन नेटवर्कबाट प्राप्त तथ्यांकमा आधारित छ र यसमा इन्टरनेटमार्फत टेलिभिजन हेर्नेहरुको तथ्यांक समावेश छैन ।

सीएनएनका अनुसार ट्रम्पको भाषण शुरु भएको एक घण्टाभित्रै ३.२ लाख व्यक्तिले इन्टरनेटमार्फत् लाइभ भिडियो हेरेका थिए ।
ट्वीटरका अनुसार ट्वीटरको हालसम्मको इतिहासमा सबैभन्दा बढी ट्रेन्ड भएको भाषण स्टेट अफ द युनियनको थियो र यसकोबारेमा ४५ लाख ट्वीट भएको थियो ।

ट्रम्पको शपथग्रहण समारोहलाई टेलिभिजनमा हेर्नेहरुको तुलनामा मंगलबार रातिको भाषण हेर्नेहरुको संख्या बढी रहेको बताइन्छ । गत वर्ष जनवरीमा ३.१ करोड व्यक्तिले ट्रम्पको शपथग्रहण समारोहलाई टेलिभिजनमा हरेका थिए ।

तर ट्रम्पको भाषण सुन्ने दर्शकको तथ्यांकमा बढाइचढाइ गरिएको यो पहिलोपटक भने होइन । गत वर्ष उनले दावी गरेका थिए कि वाशिंटन डिसीको नेशनल मलमा १५ लाख व्यक्तिहरुले उनको शपथ ग्रहण समारोहमा भाग लिएका थिए । यद्यपि उनको तत्कालीन प्रेस सचिवले ट्रम्पको यस दावीलाई गलत ठहर्याएका थिए र अनुमान गरिएको थियो कि त्यसबखत ७ लाख व्यक्तिले ट्रम्पलाई सुनेका थिए ।

रोलिङ स्टाने पत्रिकामा सन् २०१५ मा छापिएकोबारे छापिएको लेखमा ट्रम्पले भनेका थिए कि उनको निजी ७५७ विमान अमेरिकी राष्ट्रपतिको एयर फोर्स वन जेट विमानभन्दा ठूलो छ । एयर फोर्स जेट विमान २२५ फुट अर्थात् ६८ मिटर लामो छ जबकी ट्रम्पको विमान १५३ फुट लामो छ ।

थप अरु